तस्विरहरु

इनरुवा समाजको तीज कार्यक्रम भब्य रुपमा सम्पन्न (तस्विरहरु)

९ भदौ, काठमाडौं । इनरुवा सेवा समाजले आज काठमाडौंमा भब्य तीज कार्यक्रमको आयोजना गरेको छ ।
काठमाडौंको नक्सालस्थीत माहेश्वरी सदनमा गरिएको तीजको अवशरको दर खाने कार्यक्रममा उनले उल्लेख्य रुपमा महिलाहरुको उपस्थिति रहेको थियो ।
राता साथीमा सुनसरीको सदरमुकाम इनरुवाबाट काठमाडौं आएका सरकारी कर्मचारीहरु, बिद्यार्थीहरु, ब्यावशायीहरु, समाजसेवीहरु, वकीलहरु, पत्रकारहरु, इन्जीनियरहरु, शिक्षकहरु, अवकाश प्राप्त वा बहालवाला सुरक्षकर्मीहरु, डाक्टर तथा नर्शहरु, गृहीणीहरुलगायत प्रबुद्ध महिला तथा सज्जनबृन्दको उपस्थिति रहेको थियो ।
प्रति ब्यक्ती ६९९ रुपैयाँ संकलन गरिएको नेपाली नारीहरुको महत्वपूर्ण चाड हरितालीका तीजको अवशरमा नाचगान तथा हास्वब्यंग्यलगायतका कार्यक्रमहरु राखिएको थियो ।
समाजका महासचिव सुमन घिमिरेले इनरुवाासी दिदीबहिनीहरुको काठमाडौंमा महत्वपूर्ण तीज चाड मनाउन शुरु गरिएको र आगामी यस्त प्रकारकान कार्यक्रमहरुलाई निरन्तरता दिँदै लाने बताए । इनरुवा नगरपालीकाबाट काठमाडौं आई बसोबास गर्नेहरुले केहीबर्षदेखी सबैलाई समेट्ने प्रयासअनुरुप गरेपनि पछिल्लो समयमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्की, नेकपा एमालेका सचिव एबम् कोशी प्रदेशका पुर्व मुख्य मन्त्री भीम आचार्य, एमालेकी नेतृ एबम् साँसद भगवती चौधरी, नेपाली काँग्रेस सुनसरी जिल्ला सभापति एबम् इनरुवा नगरपालीकाका मेयर केदार भण्डारी, नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिका सभापति बाबुराम आचार्यलगायतको उपस्थितिमा भक्तपुरको सुर्यबिनायकमा बनभोजसहितको एक बिशाल भेलाको आयोजना गरी संस्थागत रुपमा समाज अगाडी बढेको थियो ।
यसभन्दा अघि पनि सेवा समाजले बिभिन्न प्रकारका कार्यक्रमहरु सकृयता पुर्वक गरिरहेको समाजका कोशाध्यक्ष पशुपति भण्डारीले बताए ।