राजनीति

 नाम मुछिएका आफ्नै पार्टीका नेता भएता पनि अनुसन्धानको दायरा भित्र ल्याइनेछ  :  प्रधानमन्त्री

१० भदौ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले  कुनैपनि प्रकरणमा  नाम मुछिएका आफ्नै पार्टीका नेता भएता पनि अनुसन्धानको दायरा भित्र ल्याउने बताएका छन् । 

प्रधानमन्त्री दाहालले आज काँग्रेस रूपान्तरण अभियान्ताहरुसँगको समसामयिक विषयको छलमा उक्त कुरा बताएका हुन् । 

प्रधानमन्त्रीले भने, “मेरै दलभित्र पनि जजसको नाम आएको छ । उहाँहरुलाई पनि अनुसन्धानको दायराभित्र ल्याउँछौँ । तथ्य र प्रमाण भयो भने मेरो अनुहार हेर्नु पर्दैन । अनुसन्धानका लागि तान्नु भनेर मैले सीआईबीलाई पनि भनेको छु। ”