राजनीति

यती, ओम्नी र गिरीबन्धु टी-इस्टेटलगायत प्रकरणमा छानबिन गर्न प्रधानमन्त्रीलाई अध्यक्ष ओलीको चुनौती

११ भदौ, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यती, ओम्नी र गिरीबन्धु टी–इस्टेटलगायत प्रकरणमा छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चुनौती दिएका छन् ।

पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले यी प्रकरणमा छानबिन गर्दा पनि आफूलाई फरक नपर्ने बताएका हुन् । सोमबार राजधानीमा आयोजित जनप्रतिनिधिसँग केपी ओली कार्यक्रममा बोल्दै उनले भने, “त्यतिबेलादेखि अहिलेसम्म छानबिन गर भनिराखेका छौं त । के यती होल्डिङस, यती होल्डिङस भनेर कराइरहेको, वाइडबडी, गर न त छानबिन अनि जाऊ आफैं जेलमा ।”

उनले अघि भने, “वाइडबडीको छानबिन गर, जेल जाऊ । अस्तिसम्म ललितानिवास ललिता निवास भन्दै थिए । अहिले कस्तै भागारे भाग छ । कोही यताबाट कोही उताको ढोकाबाट भागाभाग छ ।”