प्रदेश 1

पूर्वप्रदेश सांसद अन्सारी मियाको निधन 

१२ भदौ, काठमाडौँ ।   नेपाली काँग्रेसका सादगी  नेता तथा पूर्व प्रदेश सांसद ताहिर अन्सारी मियाको आज निधन भएको छ । नेता अन्सारीको आज बिहान ५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

शक्तिशाली नेता स्व गिरिजा प्रसाद कोइरालाका विश्वासपात्र समेत रहेका नेपाली काँग्रेसका सादगी शालीन  नेता  सुनसरी हरिनगर गा पा २ भुटाहा र सुनसरी ४ निवासी ताहिर अन्सारी मियाको  निधनले एक राजनीति अभिभावक गुमाउनु परेको  छ । मृतक अन्सारी सुनसरी ४ (ख) का पूर्व प्रदेश सांसदसमेत भएका थिए  ।

मृतक अन्सारीको अन्त्येष्टिको कार्यक्रम आज दिउँसो ३ बजे रहेको पारिवारिक श्रोतले बताएको छ ।