राजनीति

संसदले पारित गरेको ब्याख्यामक टिप्पणी स्वीकार नगरिए एमसीसी स्वीकार्य हुँदैन : अध्यक्ष नेपाल

बुटवल, १२ । नेकपा एकीकृत समाजवादीका एवं अध्यक्ष माधवकुमार नेपालले राजनीति, आर्थिक, सामाजिक र सास्कृतिक परिवर्तनका लागि मोर्चा आवश्यक परेको बताएका छन् ।

समाजवादी मोर्चा नेपालले बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै समाजवादी मोर्चाका अध्यक्षसमेत रहेका नेपालले दलाल पूजीवादले सिर्जना गरेका सबै खालका विभेदको अन्त्य गरी नेपाली बिशेषतासहितको समाजवाद स्थापना गर्न मोर्चाले अगुवाई गर्ने बताए ।

उनले जनताको जीवन रुपान्तरण नगरी अधिकाको आवाज उठाएर मात्रै सार्थक नहुने बताए । सरकार, सदन र सडकको मोर्चामार्फत एकैसाथ अघि बढ्ने मोर्चामा सहमति भएको उल्लेख गर्दै जनताका पीडा र भावनाको अगुवाई गर्ने उनको भनाइ थियो ।

एमसीसीलाई हिन्द महासागरीय रणनीतिअन्तर्गत स्वीकार गर्न नसकिने उल्लेख गर्दै उनले संसदले पारित गरेको ब्याख्यामक टिप्पणी स्वीकार नगरिए त्यसमा जान नसकिने स्पष्ट गरे । देशभन्दा माथि सरकार नहुने उल्लेख गर्दै उनले एमसीसीबारे सबै प्रष्ट हुनुपर्ने बताए ।