समाचार

पाल्पामा सुख्खा  पहिरोले स्कार्पियो पुरिँदा तीन जनाको घटनास्थलमै मृत्यु 

१३ भदौ, पाल्पा। पाल्पाको रिब्दीकोट गाउँपालिका २ जोर्तेमा सुख्खा  पहिरोले स्कार्पियो पुरिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । 

तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कार्पियो जिप गुडिरहेको अवस्थामा बुधवार बिहान सुख्खा  पहिरोले पुरिएर हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले तीन जनाको घटनास्थलमै मृत्यु र आठ जना घाइते भएका बताएका छन् । 

दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन। घाइतेलाई स्थानिय बासिन्दा र प्रहरीले उद्धार गरी पाल्पाको तानसेनस्थित अस्पतालमा उपचारका लागि पठाएका छन् ।