आर्थिक

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो आफ्नो सातौं वार्षिक उत्सव

१५ भाद्र, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो जीवन बीमा कारोवार शुरु गरेको ६ वर्ष पुरा गरी सातौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कम्पनीले केन्द्रीय कार्यलय,बुटवल र दमक शाखाहरुमा रक्तदान, समता गुठीलाई नगद सहयोग गरेको छ।

त्यस्तै, कम्पनीले मन्दिर सरसफाई, विभिन्न वृद्घआश्रममा खाध्य सामाग्रीहरु वितरण, विद्यालयमा स्टेस्नरी सामन वितरण, वृक्षारोपण गरी सातै प्रदेश मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यगरी वार्षिक उत्सव मनाएको छ ।

यस काममा कर्मचारी एवं बीमा अभिकर्ता हरुकोको सकृय सहभागिता भएको थियो ।