खेलकुद

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पूर्वकप्तान पारस खड्का निर्वाचित

१५ भदौ, काठमाडौं । बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन् ।

आज भएको चुनावमा उमेश पियालाई ८ मत पराजित गर्दै पार्दै पारस अध्यक्ष निर्वाचित भएका हुन् । उनले २३ मत पाए भने पियाले १४ मत पाए । १३ सदस्यीय कार्यसमितिमा पारससहित उनको टिमबाट १२ जना चयन भएका छन् ।