खेलकुद

निसर्गलाई टिम च्याम्पियनसिप उपाधी

१७ भाद्र, काठमाडौं । आयोजक निसर्ग स्कुल ९ औं निसर्ग अन्तरस्कुल पौडी च्याम्पियनसिपको उपाधी उचाल्न सफल भएको छ । निसर्गले २७२ अंक बटुल्दै च्याम्पियनसिपको उपाधी उचालेको हो । दोश्रो स्थानमा लिंकन स्कुल रह्यो । लिंकनले ८६ अंक जोड्यो । यस्तै तेश्रो स्थानमा रहेको जेम्स स्कुलले ६० अंक जोड्यो ।

विजयी टिम तथा खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्य, आयोजक स्कुलकी संस्थापक एवं प्रिन्सिपल मोनिका प्रधान लगायतले पुरस्कार वितरण गरेका थिए ।

आयोजकको आफ्नै पौडी पोखरीमा दुई दिन सम्म संचालन भएको च्याम्पियनसिपमा ६१ स्कुलका २८१ खेलाडीहरुले ४६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरको प्रतियोगिता निर्देशक सुदीप राजभण्डारीले जानकारी गराए ।

चार नेपाली एशियन महासंघमा निर्वाचित
काठमाण्डौमा सम्पन्न एशियन बडिबिल्डिङ्ग एण्ड फिजिक स्पोर्टस् फेडेरेशनको इलेक्टोरल कंग्रेसले नेपालका चार नेपालीलाई फेडेरेशनको विभिन्न ओहदामा चयन गरेको छ ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघको आयोजनामा भईरहेको ५५ औं एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिप अन्तरगत होटल याक एण्ड यतीमा भएको एशियन बडिबिल्डिङ्ग एण्ड फिजिक स्पोर्टस् फेडेरेशनको इलेक्टोरल कंग्रेसले नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघका अध्यक्ष श्री राजेश बाबु श्रेष्ठलाई फेडेरेशनको कार्यकारी उपाध्यक्ष, उपाध्यक्ष श्री विजयलाल कायस्थ लाई फेडेरेशनको उपाध्यक्ष, महासंघका सचिव दिनेश राजभण्डारीलाई प्राविधिक समितिको अध्यक्ष र महासंघको उपाध्यक्ष राजेश उपाध्यायलाई कार्यकारी सदसस्यमा मनोनित गरको नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघका सचिव दिनेश राजभण्डारीले जानकारी गराएका छन् ।

सवै निर्वाचित सदस्यहरुको कार्यावधी ४ बर्षको हुने छ । नेपालमा आयोजना भईरहेको एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपको प्रतियोगिता भोली सोमबार बिहान ९ ः ३० बजे बाट सुरु हुने र उद्घाटन कार्यक्रम दिनको १ ः ३० बजे नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री माननिय नारायणकाजी श्रेष्ठज्यूबाट हुनुका साथै पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघको आयोजना भईरहेको ५५ औं एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपको कार्यक्रम निम्नानुसार रहेको छ ।