१७ भदौ, बुटवल । नेकपा (एमाले) लुम्बिनी प्रदेश अध्यक्षका लागि सहमतिको प्रयास असफल भएपछि दुई जनाको उम्मेदवारी परेको छ ।
अध्यक्षका लागि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गरेका हुन् । प्रदेश अधिवेशन उद्घाटनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सन्देश दिन निर्देशन दिए पनि दुबै आकांक्षी एकअर्कालाई छाड्न तयार नभएपछि निर्वाचन नै हुने पक्का भएको छ ।
कँडेलको प्रस्तावकमा राजुप्रसाद श्रेष्ठ र समर्थकमा भोजराज पोखरेल छन् भने रिजालको प्रस्तावकमा विजयबिराट विष्ट र समर्थकमा बाला सिंह काउछा छन् ।उम्मेदवारी दर्ताको समय भोलि विहान १० बजेसम्म छ ।




