आर्थिक

व्यक्ति परिबर्तनले समस्या समाधान हुन्न,अब व्यवस्था परिबर्तन : कमल थापा

१८ भाद्र, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुकुकको बिधमान अवस्थामा ब्यक्ति परिबर्तन गरेर समस्या समाधान नहुने भन्दै व्यवस्था र प्रणाली नै परिबर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।

आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले गणतन्त्र , धर्म निरपेक्षता र संघीयताले मुलुकलाई निस्कनै नसकिने दलदलमा फसाएको भन्दै अब यो ब्यबस्था र प्रणालीको बिकल्प खोज्ने समय आएको समेत बताए। सिङ्गो राज्यसत्ता भ्रष्टाचारमा लिप्त भएको भन्दै थापाले सरकारको सुशासन र समृद्धिको गफ हावादारी भएको समेत टिप्पणी गरे ।

‘भ्रष्टाचारिलाई कार्बाही होइन, सरकार भ्रष्टाचारिको संरक्षक भएर निस्किएको छ, जुन दुर्भाग्यपूर्ण छ’ उनले भने । राजनितीक दलका नेता, कर्मचारी, बिचौलियाहरुको त्रिकोणात्मक गठजोडले भ्रष्टाचार संस्थागत भएको थापाको दाबी थियो ।

चुनाब जित्ने, सरकारमा जाने, सत्ता टिकाउने अनि ब्रम्हलुट गर्ने यो दुष्चक्रबाट मुलुकलाई बाहिर निकाल्नुपर्ने आबश्यकता रहेको थापाले चर्चा गरे । आगामी भाद्र २९ गते काठमाडौंमा हुने बिरोध प्रदर्शनको तयारीमा जुट्न नब प्रबेशी युबाहरुलाई थापाले आग्रह गरे । सो अबसरमा विशाल बिक्रम राणाको नेतृत्वमा दर्जनौ युबा राप्रपा नेपाल प्रबेश गरेका छन् । साथै राप्रपा गण्डकी प्रदेश सदस्य सुदर्शन केसि राप्रपा नेपाल प्रबेश गरेका छन् ।