समाचार

राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित

२२ भदौ, काठमाडौं । भदौ २४ गते बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

बैठक अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको छ । अर्को बैठकको मिति र समय राष्ट्रिय सभाको अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले पछि निर्धारण गर्ने गरी अनिश्चितकालका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ ।

संसद सचिवालयका महासचिव भरतराज गौतमले विज्ञप्ती निकालेर राष्ट्रिय सभाको अध्यक्षले अर्को सूचनाद्धारा तोक्ने मिति र समयमा बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिएका दिएका छन् ।