समाचार

सुन तस्करी प्रकरणमा विध ल्याबका सञ्चालकसँग सीआईबीले गर्‍यो सोधपुछ

२४ भदौ, काठमाडौं । सुन तस्करी प्रकरणमा विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोधपुछ गरेको छ ।

प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटक-पटक कुराकानी भएको देखिएपछि सीआईबीले उनीसँग आइतबार सोधपुछ गरेको हो ।