समाचार

पक्राउ परेका मीनबहादुरसहित सबैलाई धरौटीमा छाड्न अदालतको आदेश

२४ भदौ, काठमाडौं । जिल्ला अदालत काठमाडौंले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका एक जनाबाहेक सबैलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।

आइतबार न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको हो । तुलाधरलाई भने सामान्य तारेखमा छाड्न आदेश दिएको हो ।

यो प्रकरणमा व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतका व्यक्तिहरु पक्राउ परेका थिए ।