१४ असोज, पोखरा । पर्वतको कुश्मा नगरपालिका तमादीखोलामा बाढीमा बगेर बेपत्ता भएको जीप मोदी किनारमा फेला परेको छ ।
शनिबार साँझ बागलुङदेखि पोखराका लागि छुटेको ग१ज ६३१३ नम्बरको टाटा सुमो जीप बाढीले बगाएर बेपत्ता भएको थियो ।
जीपसँगै बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव पनि भेटिएको छ । दुई जना अझै बेपत्ता छन् ।





