समाचार

प्रधानमन्त्रीले बोलाएको बैठक रास्वपाद्दारा बहिस्कार

१४ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठक रास्वपाले बहिस्कार गरेको छ ।
रास्वपा अध्यक्ष रवि लामिछानेले मूल्य वृद्धिको विरोधमा बैठक बहिस्कार गरेको समाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

उनले लेखेका छन्, “चाड पर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरि सरकारले गरेको मुल्यवृद्दि प्रती हाम्रो गम्भीर आपत्ति छ। यसको विरोध स्वरूप आज प्रधानमन्त्री ज्युले बोलाउनु भएको अन्य विषयको बैठक हामीले बहिस्कार गरेका छौ। थप कार्यक्रम बारे जानकारी दिनेछौं।”