प्रवास

इजरायल आक्रमणमा ७ जना नेपाली विद्यार्थी घाइते

२० असोज, काठमाडौं । इजरायलमा भएको आक्रमणमा परि ७ जना नेपाली विद्यार्थीहरु घाइते भएका छन् ।

इजरायलस्थित नेपाली दुतावासका अनुसार नेपालीहरु बसेको शेदेत नेगेबका बस्तीहरुमा हमासले आक्रमण गरेको छ । त्यसमध्ये एउटा ठाउँमा काम गरिरहेका १४ नेपालीमध्ये ७ जना घाइते भएको नेपाली राजदुतावासले पुष्टि गरेको छ ।

उक्त सूचना सार्वजनिक भएपछि आज परराष्ट्र मन्त्रालयले आकस्मिक बैठक बोलाएको थियो । आक्रमण क्रममा अहिलेसम्म ४० को मृत्यु भएको र हजार बढी घाइते भएका छन् ।