तस्विरहरु

राष्ट्रपति पौडेलद्वारा टीका तथा जमरा (तस्विरहरु)

७ कात्तिक, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीको अवसरमा आज दिउँंसो राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारण, अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई टीका तथा जमरा लगाई दिएका छन् ।

उनले प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, सांसदहरू, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख, निजामती कर्मचारीलगायतलाई शीतल निवासमा अपराह्न २ देखि ३ बजेसम्म टीका जमरा लगाइदिए ।

त्यस्तै राष्ट्रपति पौडेलले आजै दिउँसो ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई पनि टीका–जमरा लगाइदिए । सर्वसाधारणको लाइन बाँकी नै रहेकाले निर्धारित समयभन्दा एक घण्टापछिसम्म पनि सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने क्रम जारी थियो ।