२२ कात्तिक, काठमाडौं । संबिधामनबिद डा भीमार्जुन आचार्यले व्यवस्थामाथि खतरा अरूबाट होइन, छ भने यिनै अक्षम,अराजनीतिक र गैरजिम्मेवार नेताहरूबाट छ भन्ने दाबी गरेका छन् । उनले ट्वीट गर्दै आफ्नो नलायकी र असफलता ढाकछोप गर्न यस्ता अभिव्यक्ति नेताहरूले पटकपटक दिने गरेका छन् भनेका छन् ।
डा आचार्यले यो जिम्मेवार तरिका भएन भन्दै सुझाव दिएका छन्, ‘सबै प्रकारका आफ्ना कर्म अकर्मका लागि तपाइहरू जवाफदेही हुनुहुन्छ, जिम्मेवार बन्नुस् ।’
डा आचार्यको ट्वीटः व्यवस्थामाथि खतरा अरूबाट होइन, छ भने यिनै अक्षम,अराजनीतिक र गैरजिम्मेवार नेताहरूबाट छ । आफ्नो नलायकी र असफलता ढाकछोप गर्न यस्ता अभिव्यक्ति नेताहरूले पटकपटक दिने गरेका छन् । यो जिम्मेवार तरिका भएन । सबै प्रकारका आफ्ना कर्म अकर्मका लागि तपाइहरू जवाफदेही हुनुहुन्छ, जिम्मेवार बन्नुस्।
