समाचार

कौण्डिन्य महासमाजको कोशी प्रदेश अधिवेशनको अन्तिम तयारी सम्पन्न, १४ जिल्लाका बन्धुहरुलाई उपस्थितिका लागि आह्वान

२३ कात्तिक, बिराटनगर । कौण्डिन्य गोत्रीय महासमाज कोशी प्रदेशको पहिलो अधिवेशनको अन्तिम तयारी सम्पन्न भएको छ ।

कोशी प्रदेशको अधिवेशनको अन्तिम तयारी सम्पन्न भएको समाजका कोशी संयोजक गोपाल पराजुलीले जानकारी दिएका छन् । पाँच सयभन्दा बढी कोशी प्रदेशका १४ जिल्लाका प्रतिनिधिहरु आचार्य, सापकोटा, पराजुली, न्यौपाने, बाँस्कोटा, लकाई खड्का, प्याकुरेल, गैह्रे, त्रिताल, बन्जारा, जोशी, खरेल, मराशिनी, सत्याल, बगाले वा गाम्ले थापा, पनेरु, पाठक, भण्डारी(काला) लगायतका कौण्डिन्य गोत्रीय बन्धुहरु प्रतिनिधिको रुपमा उपस्थिति हुने महासमाजले गरेको छ ।

कोशी प्रदेश अन्तर्गत १४ जिल्ला मोरङ, सुनसरी, झापा, धनकुटा, ताप्लेजुङ, भोजपुर, खोटाङ, पाँचथर, तेह्रथुम, उदयपुर, इलाम, ओखलढुंगा, सोलुखुम्बू, संखुवासभाका प्रतिनिधिहरूको सहभागीतामा अधिवेशन सम्पन्न हुन गइरहेको र उक्त अधिवेशनमा व्यापक उपस्थिति रहने दाबी समाजका केन्द्रीय उपाध्यक्ष एबम् कौण्डिन्य गोत्रीय महासमाजका प्रवक्ता बाबुराम आचार्यले बताए । महासमाजले बाग्मती र सुदुरपश्चिम प्रदेश गठन गरिसकेको छ भने कोशी प्रदेश गठनपछि बाँकी प्रदेशमा छिट्टै नै गठन गरिने केन्द्रीय अध्यक्ष अर्जुन प्रसाद बन्जाराले जानकारी दिए ।

अधिवेशन कार्यक्रम बिराटनगर पाञ्चालीस्थीत कञ्चनजंगा पार्टीप्यालेसमा २४ गते शुक्रबार दिनको साढे १२ बजे हुने केन्द्रीय महासचिव बिष्णु प्रसाद बाँस्कोटाले बताए ।
कार्यक्रममा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरू एवम् काठमाडौँ जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई निबार्चित प्रमाणपत्रको हस्तान्तरणको कार्यक्रम रहेको निर्बाचन अधिकृत बुद्धि प्रसाद पराजुलीले जानकारी दिए ।
सम्पुर्ण तयारी पुरा भईसकेको जानकारी दिँदै कार्यक्रम भब्य रुपमा सम्पन्न गरिने हुँदा सबै कौण्डिन्य गोत्रीय बन्धुहरुलाई उपस्थितिका लागि कोशी प्रदेश कौण्डिन्य गोत्रीय महासमाजले आह्वान गरेको छ ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष अर्जुन प्रसाद बन्जारा, उपाध्यक्ष बाबुराम आचार्य तथा पराजुली समाजका अध्यक्ष बिश्वम्भरकृष्ण पराजुली, बरिष्ठ उपाध्यक्ष ईश्वरी प्रसाद पराजुली प्रतिनिधिका रुपमा बिराटनगर आईसकेका छन् भने महासचिव बिष्णु प्रसाद बाँस्कोटा शुक्रबार नै बिराटनगर आउने कार्यक्रम छ ।