समाचार

कोशी प्रदेश कौण्डिन्य महासमाज महाधिवेशन: अध्यक्षमा पराजुली, उपाध्यक्षमा आचार्य, महासचिवमा बञ्जारा निर्बाचित

२३ कात्तिक, बिराटनगर । कौण्डिन्य गोत्रीय महासमाज कोशी प्रदेशको पहिलो अधिवेशनबाट अध्यक्षमा इश्वरी प्रसाद पराजुली निर्बाचित भएका छन् ।
कोशी प्रदेशका १४ जिल्लाका प्रतिनिधिहरु आचार्य, सापकोटा, पराजुली, न्यौपाने, बाँस्कोटा, लकाई खड्का, प्याकुरेल, गैह्रे, त्रिताल, बन्जारा, जोशी, खरेल, मराशिनी, सत्याल, बगाले वा गाम्ले थापा, पनेरु, पाठक, भण्डारी(काला) लगायतका कौण्डिन्य गोत्रीय थरहरुका प्रतिनिधिको उपस्थितिमा सम्पन्न बिशाल अधिवेशनले उपाध्यक्षमा ओम आचार्य, महासचिवमा थिर प्रसाद बञ्जारा, सचिवमा ज्ञान प्रसाद बाँस्कोटा, कोषाध्यक्षमा गोपाल प्रसाद न्यौपाने तथा सदस्यहरुमा शंकर प्याकुरेल, नोदनाथ त्रिताललगायत ११ सदस्यीय समिति निर्बाचित रेको छ ।

कोशी प्रदेश अन्तर्गत १४ जिल्ला मोरङ, सुनसरी, झापा, धनकुटा, ताप्लेजुङ, भोजपुर, खोटाङ, पाँचथर, तेह्रथुम, उदयपुर, इलाम, ओखलढुंगा, सोलुखुम्बू, संखुवासभाका प्रतिनिधिहरूको सहभागीतामा सम्पन्न भएको अधिवेशनले गोपाल पराजुली, बरिष्ठ अधिवक्ता चुडामणि आचार्य, बिराटनगरका पुर्व मेयर भीम पराजुली लगायतको ७ सदस्यीय सल्लाहकार समितिसमेत चयन गरेको छ।
महासमाजले बाग्मती र सुदुरपश्चिम प्रदेश गठन गरिसकेको छ भने कोशी प्रदेश गठनपछि बाँकी प्रदेशमा छिट्टै नै गठन गरिने केन्द्रीय अध्यक्ष अर्जुन प्रसाद बन्जाराले जानकारी दिँदै नबनिर्बाचित कोशी प्रदेश समितिलाई कार्यकाल सफलताको शुभकामना दिए ।
बिराटनगर पाञ्चालीस्थीत कञ्चनजंगा पार्टी प्यालेसमा सम्पन्न अधिवेशनमा ब्यापक रुपमा सम्पन्न भएकोे नबनिर्बाचित अध्यक्ष इश्वरी प्रसाद पराजुलीले जानकारी दिए ।
कार्यक्रममा कोशी प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरू एवम् प्रदेश अन्तर्गत जिल्ला कार्यसमिति, स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको र निबार्चितलाइ प्रमाणपत्र प्रमुख अतिथी केन्द्रीय अध्यक्ष बर्जुन बञ्जारा तथा बिशिष्ट अतिथी बाबुराम आचार्यबाट भएको प्रमुख निर्बाचन अधिकृत बुद्धि प्रसाद पराजुलीले जानकारी दिए ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष अर्जुन प्रसाद बन्जारा, केन्द्रीय उपाध्यक्ष बाबुराम आचार्य तथा पराजुली समाजका अध्यक्ष बिश्वम्भरकृष्ण पराजुली, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् बिराटनगर महानरपालीकाका पुर्व मेयर एबम् प्रदेश साँसद भीम पराजुली, कोशी प्रदेशका मुख्यमन्त्रीका पुर्व महान्यायधीवक्ता चुडामणि आचार्य लगायतले आफ्नो बिचार राखेका थिए ।

कोशी प्रदेश सँयाेजक गाेपाल प्रसाद पराजुलीकाे सभापितत्वमा कार्यक्रम भब्य रुपमा सम्पन्न भएकाे थियाे ।