अन्तर्राष्ट्रिय

हमासको आक्रमणबाट इजरायलीको मृत्यु हुनेको विवरण सङ्ख्या परिमार्जन, १४०० बाट १२०० झर्यो

२५ कात्तिक, काठमाडौँ । हमासको आक्रमणबाट इजरायलीको मृत्यु हुनेको विवरण सङ्ख्या परिमार्जन गरिएको छ ।
इजरायली विदेश मन्त्रालयका प्रवक्ता लिओर हाइएटका अनुसार दक्षिणी इजरायली समुदायहरू र गाजाको सिमानामा रहेको सैन्य स्थलहरूमा अक्टोबर ७ मा हमासले गरेको आक्रमणबाट इजरायलीहरूको मृत्यु हुने इजरायलीको सङख्या १ हजार दुई सय रहेको बताइएको छ ।
स्रोतहरूले सिन्ह्वालाई बताए अनुसार आक्रमणमा मृत्यु हुनेको ठूलो सङ्ख्या अक्टोबर ७ गरिएको हमास लडाकुहरूको आक्रमणबाट भएको थियो भने, केही रकेट प्रक्षेपणबाट भएको थियो। बिहीबार इजरायल डिफेन्स फोर्सले जारी गरेको तथ्याङ्कले देखाए अनुसार अक्टोबर ७ देखि इजरायलतर्फ करिब ९ हजार ५०० रकेट प्रहार गरिएको छ । जसमध्ये अधिकांश हमास शासित गाजा पट्टीबाट आएका थिए ।
मृतकको सङ्ख्यामा आउने केही समयसम्म उतारचढाव जारी रहने सम्भावना छ र पट्टीमा अपहरण गरिएका २४० भन्दा बढी व्यक्तिहरूमध्ये पनि जोखिममा रहेको बताइएको छ टाइम्स अफ इजरायलले उल्लेख गरेको छ।
इजरायली सेनाले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार इजरायल–हमास द्वन्द्वको यस चरणमा ३५४ इजरायली सैनिकको मृत्यु भएको छ । हमास लडाकुहरूसँगको लडाईमा तिनीहरूमध्ये धेरैको मृत्यु भएको बताइएको छ ।
हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाए अनुसार एन्क्लेभमा ११ हजार २५ प्यालेस्टाइनीहरू मारिएका छन्।