राजनीति

महामन्त्री शर्माले जाँजरकोट/रुकुम भूकम्पपीडितलाई भेट्न जाँने जोकोही सहयोगीलाई दिए यस्तो सल्लाह

२९ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका माहामन्त्री बिश्वप्रकाश शर्माले जाँजरकोट रुकुम भूकम्पपीडितका लागि केही गर्न चाहनेका लागि सल्लाह दिएका छन् ।
उनले कसैले पीडितका लागि टहरा बनाएर सहयोग गर्न चाहना भए यसरी सहयोग गर्न सकिने उनले आईडिया दिएका छन् ।
उनले २ दक्ष मिस्त्री, ९ स्वयंसेवक,समय ६ घण्टा । लागत ३५ देखि ४० हजार रुपैयाँ आवश्यक पर्ने बताएका छन् ।
केहीदिन अगाडी रुकुम जाँजरकोट भूकम्पपीडितलाई सहयोग गर्न पार्टी निर्णयअनुसार अर्का महामन्त्री गगन थापा शर्मासँगै गएका कारण धेरै नै आईडिया नेता र्शालाई आएको हुनुपर्छ ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्ः

प्रस्तुत ‘डिजाइन’ मा हामीले निर्माण गरेको ‘मोडल’ तपाईंलाई काम लाग्नसक्छ ।

२ दक्ष मिस्त्री, ९ स्वयंसेवक,समय ६ घण्टा । लागत ३५ देखि ४० हजार रुपैयाँ । केही आदरणीय साथिले अस्थायी टहरा बनाउन राख्नुभएको जिज्ञासाका कारण यो विवरण पोस्ट गरेको छु ।