समाचार

केन्द्रीय सदस्य कँडेललाई देउवाले गरे सहकारी बिभागको प्रमुखमा नियुक्त

१ मङ्सिर, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य देबेन्द्र राज कँडेल नेपाली काँग्रेसको सहकारी बिभागको प्रमुखमा नियुक्त भएका छन् ।
आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पुर्व राज्यमन्त्रीसमेत रहेका नेता कँडेललाई उक्त जिम्मेवारी दिएका हुन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम नेता कँडेललाई नियुक्त गरिएको नेपाल्ी काँग्रेसका मुख्यसचिव कृष्णचन्द्र पौडेलले जानकारी दिएका छन् ।