समाचार

राष्ट्रपति र प्रधानमन्त्रीबीच एकाबिहानै भेटवार्ता

६ मङ्सिर, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको भेटमा राष्ट्रपति पौडेलले भूकम्पप्रभावित क्षेत्रमा राहत व्यवस्थापन कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले राससलाई जानकारी दिए ।

सो अवसरमा उनीहरुबीच समसामयिक विषयमा समेत छलफल भएको थियो ।