समाचार

चित्लाङ केन्द्र बिन्दु बनाएर मध्यरातका काडमाडौं आसपासमा भूकम्पको धक्का

७ मङ्सिर, काठमाडौँ । आज राती काठमाडौंबाट नजिकै मकवानपुरको चित्लाङ केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महशुस भएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरलाई हल्लाउनेगरी गएको भूकम्पले सामाजिक संजालमा सर्बसाधारणले त्रसित भएर स्टाटस्, ट्वीटहरु गरेका थिए ।
रुकुम पश्चिम–जाँजरकोटमा कात्तिक १७ गतेको भूकम्पले ठूलै असर गरेर मुलुकलाई नै समस्या दिईरहेका बेला भूकम्पले बेला बेला झस्काईरहेको छ । १ बजेर १९ मिनेटमा गएको भूकम्पको रेक्टर स्केल ४.५ भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएपनि झड्काले साह्रै हल्लाएको थियो ।