समाचार

हिन्दु धर्म र राजसँस्थाका लागि आन्दोलनरत दुर्गा प्रसाईँ कडा सुरक्षासमित आफ्नै घरमा नजरबन्दमा

८ मङ्सिर, काठमाडौँ । हिन्दू धर्म र राजसंस्थाको पुनबहालीको माग गर्दै आन्दोलनमा उत्रिएका दुर्गा प्रसाईंलाई भक्तपुरस्थीत आफ्नै घरमा प्रहरीले नजरबन्दमा राखेको छ ।
आज तिनकुनेमा आन्दोलन गर्ने अग्रीम जानकारी प्रशासनलाई दिएको दुर्गा प्रसाईँले बताएपनि अनुमति नदिईएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
दुर्गा प्रसाईँको घर वरिपरि प्रहरीको बाक्लो उपस्थिति रहेको छ । हिजो बल्खुमा दुर्गा प्रसाईंका समर्थकहरुको ब्यापक ठूलो आन्दोलन भएके थियो ।