स्वास्थ्य

तपाईको जीवनशैलीको कारण लाग्न सक्छ यौन रोग, जोगिनुहोस् यी कुरामा

काठमाडौँ। अहिलेको प्रविधिले मानव जीवनमा सहजता बनाए पनि आफ्नो व्यस्त जीवन शैलीले मानिसको स्वास्थ्य र सेक्स लाइफमा पनि धेरै असर पारेको छ। धेरै मानिसहरु यस रोगको सिकार हुन परेको छ। भारतीय आयुर्वेर्दिक विज्ञान अनुसन्धान परिषद आइसिएमआर र अमेरिकाको क्यालिफोर्निया युनिभरसिटीले गरेको एक अध्ययन अनुसार ८० प्रतिशत मानिस कुनै न कुनै प्रकारको यौन रोगको सिकार भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । सोहि अध्ययनअनुसार दम्पतिहरुलाई सामाजिक सामाजिक, पारिवारिक स्तिथि, रोग लैंगिक व्यवहार, एच आइभी तथा अन्य रोगको बारेमा प्रश्न सोधिएको थियो। जसमध्ये २८ प्रतिशत मानिस आफ्नो साथीको कारण यौन रोगको सिकार भएको जनाएको थियो।

आध्यायाँमा भाग लिएको दम्पतिहरुमा अधिकांश पुरुष इरेक्टाइल डिसफंक्शन, एचआइभी र गोनोरियबत पिडित देखिन्थ्यो। परिक्षणमा एक तिहाइ महिलमा ट्राइकोमोनास बैजाइनलिस रोग पाएको थियो ।जर्नल अमेरिकन मेडिकल एसोसिएसन मा प्रकाशित लेख अनुसार १८-५४ वर्षको स्त्री र पुरुष बीच गरिएको सर्वेक्षणमा ४३ प्रतिशत महिला र ३१ प्रतिशत पुरुष लैंगिक समस्याले ग्रसित थियो

मानिसको जीवनशैली र प्रजनन क्षमता
आजको जीवन शैली आधुनिक जीवनशैली हो मानिसको स्वास्थ्यमा असर पनुको साथै यसले प्रजनन क्षमताम पनि नराम्रो असर परेको हुन्छ। बेलायतमा भएको एक अध्ययन अनुसार ५० वर्ष अघि १ मिलिलिटर शुक्राणुको संख्या ११ करोड ३० लाख थियो भने अहिलेको समयमा घटेर जम्मा ४ करोड ७० लाख पुगेको छ। शुक्राणुको संख्या घटेपछि त्यसमा पाइने गुण मा पनि कमि आएको छ । परिवर्तन भएको जीवन शैलीको कारण मानिसमा भएको प्रजनन क्षमतामा पनि कमि आएको छ। यदि पुरुषले धुम्रपान वा लागु पदार्थको प्रयोगमा कम गरेको खण्डम वा मोबाइल को प्रयोग कम गरेको खण्डमा शुक्राणुमा हुने समस्याबाट छुटकारा पाउने जानकारहरु बताउछन्।

विवाह पुर्वको यौन सम्बन्ध
समाज विकशित र परिवर्तनशील भएसंगै मानिसमा यौन सम्बन्धलाई हेर्ने नजर पनि बदलिएको पाइएको छ। विवाह गर्नु अगाव नै यौन सम्बन्ध राख्ने कुरा पनि साधारण भएको छ। असुरक्षित यौन सम्पर्क ले महिलामा गम्भीर यौन रोग लाग्ने खतरा पनि बढ्दै गएको छ । यदि महिलालाई यस्ता कुनै पनि यौन लागेको खण्डमा पछि गर्भ नरहने वा तुहिने समस्या हुन सक्दछ।

शारीरिक श्रम अभाव
व्यस्त जीवनशैलीले गर्दा मानिसमा शारीरिक व्यायाम गर्ने फुर्सद पाउदैन। शारीरिक र मानसिक तनावबाट मुक्त हुनको लागि कम्तिमा पनि विहानको समयम १ घण्टा शारीरिक व्यायाम गर्नु पर्छ। यसले गर्दा मानिसको डिप्रेसन, पाचन प्रणाली, मधुमेह र उच्च रक्तचाप जस्ता समस्याबाट पनि मुक्त हुन सकिन्छ। तर अहिलेको मानिसको जीवनशैलीमा मानिसमा अल्छिपन प्त्पन्न हुने गरेको पाइन्छ। शारीरिक तन्दुरुस्तको अभावले पन सेक्स लाइफ निकै प्रभाव पारेको हुन्छ। आधुनिक जीवनशैलीले ग्रसित १ हजार महिला, पुरुष र बालबच्चामा गरेको अनुसन्धानमा ७७ प्रतिशत पुरुष, ६३ प्रतिशत महिला र ७५ प्रतिशत बच्चाहरुमा दिनमा ३० मिनेट पनि शारीरिक व्यायाम गरेको पाइएको छैन।

खानपान र निन्द्रा
परिवर्तनको जीवनशैली र खानपानले गर्दा गर्दा पनि मानिसको शरीरमा पौष्टिक तत्व को कमि भयेओ हुन्छ। व्यस्त जीवन शैलीमा बिहान समय मा चिया र तातो पानीको भरमा पर्दा मनिसमा डायविटिज, सुगर , प्रेसर,मोटोपन जस्ता रोग लाग्दछ । पौष्टिक तत्वको अभावले प्रतिरोधक क्षमता र शरीरको उर्जा पनि कमी देखाउँछ । स्वस्थ पौष्टिक आहार र राम्रो निन्द्राले मानिसमा रोगसँग लड्ने क्षमतामा वृद्धि गर्दछ ।

मानिसको जीवन शैली र यौन
सेक्स लाइफ उसको जीवनशैलीमा निर्भर गरेको हुन्छ । जीवनशैली परिवर्तन गर्ने वित्तिकै पहिलो प्रभाव उसको सेक्स लाइफमा परेको हुन्छ । आधुनिक जीवनशैली वा सुविधासम्पन्न जीवन, दिनानुदिन मध्यरातसम्मको व्यस्तता, शारीरिक श्रमको कमी, जंक फास्टफूड खाना र रातीसम्म पार्टि धुम्रपान र मद्यपनको सेवनले मानिसको सेक्स लाइफमा नकारात्मक प्रभाव पारेको हुन्छ र यौन रोग जस्ता समस्या उत्पन्न हुन सक्छ । जति बिज्ञानले सहजता दिएको छ त्यति नै मानिसमा एकोहोपन तनाव मोटोपन उच्च रक्तचाप जस्ता शारीरिक तथा मानसिक रोगहरु पनि बद्गदै गएको छ।