मनोरञ्जन

दरबारको पूर्वीद्वारमा फेमिना फ्ल्न्ट स्टुडियो सलुन खुल्यो

२६ मंसिर, काठमाडौं । काठमाडौंका सौन्दर्य पारखीहरुको आधुनिक अपेक्षालाई पूरा गर्ने उद्देश्यका साथ नारायणचौर नक्सालमा (दरबारको पूर्वीद्वारको नजिकै) फेमिना फ्ल्न्ट स्टुडियो सलुन खुलेको छ । भारतकी चर्चित सुन्दरी मिस भारत २०२३ नन्दिनी गुप्ताले सोमबार एक समारोहका बीच उक्त स्टुडियोको समुद्घाटन गरिन् । समुद्घाटनमा मिस नेपाललगायतका सौन्दर्य पारखीहरुको उपस्थिति थियो ।

भारतका शहरी युवती र महिलाहरुमाझ विगत साठी वर्षभन्दा बढी समयदेखि फेसन, जीवनशैली र सौन्दर्यका क्षेत्रमा अमिट छाप छोड्दै आएको म्यागजिन हो फेमिना । यसले भारतको सौन्दर्य, फेशन र आधुनिक जीवनशैलीमा ठूलो रुपान्तरण ल्याइदिएको छ । साथै यसले महिलाहरुको बहुआयमिक व्यक्तित्व विकासमा उल्लेखनीय काम गरेको छ । सन् २०२३ मा फेमिना मिस भारत ताज जितेकी नन्दिनी मिस भारत वल्र्ड २०२३ पनि हुन् । निमन्त्रणालाई सहर्ष स्वीकार गरी काठमाडौंमा सौन्दर्य पारखीहरुको एउटा संग्राहलय जस्तो मानिने फेमिना फ्ल्न्ट स्टुडियो सलुनको सम्द्घाटन गरिदिएकोमा मिस भारत नन्दिनी प्रति हार्दिक आभार प्रकट गरिएको छ ।
काठमाडौंको जे एण्ड के स्टुडियो प्रालि र सौन्दर्य प्रशाधनका क्षेत्रमा लामो इतिहास बोकेको फेमिना ब्राण्डको होल्डिङ समूह भारतको चर्चित टाइम्स इण्डिया ग्रुपसँगको सहकार्यमा फेमिना फ्ल्न्ट स्टुडियो सलुन स्थापना गरिएको हो । यस्तो सेवा विश्व बजारमा विस्तार गर्दै लैजाने अभियानको प्रारम्भिक शुभारम्भ नेपालबाट गरेकोमा पनि हामी गौरवान्वित महसुस गरिरहेको बताईएको छ ।
उपभोक्ताहरु स्वास्थ्य र गुणस्तरमा चनाखो हुन थालेकोले समयको मागलाई दृष्टिगत गरी फेमिना फ्ल्न्ट स्टुडियो सलुन स्थापना गरिएको प्रवन्ध निर्देशक कुशुमाञ्जली केसी श्रेष्ठले बताएका छन् । श्रेष्ठका अनुसार यो स्टुडियो सौन्दर्य प्रशाधनका क्षेत्रमा एउटा एकेडेमीको रुपमा रहनेछ र यसले यस क्षेत्रमा अन्तर्राष्ट्रिय गुणस्तरीय प्रमाणपत्र पनि दिने सोच राखेको छ । निचोडमा यस स्टुडियोको स्थापनापछि नेपालको सौन्दर्य पारखीहरुका चाहना पूरा हुनुका साथै सौन्दर्य फेशन र जीवनशैलीसँग सम्वन्धित यो उद्योगले एउटा नयाँ उचाई हासिल गर्ने प्रवन्ध निर्देशक कुशुमाञ्जली केसी श्रेष्ठले बताएका छन् ।