साहित्य

मोहन र सहिमाको  ‘अरे क्यानाम’ भिडियो सार्वजनिक

काठमाडौं ।  गायक मोहन श्रेष्ठ र गायिका सहिमा श्रेष्ठको सुमधुर स्वरमा सजिएको ‘अरे क्यानाम’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा अमर बान्तुको शब्द रहेको छ भने राजन राज सिवाकोटीको संगीत रहेको छ।

गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ। डान्सिङ भर्सनको यस गीतको राज आचार्य र सजिना श्रेष्ठबीचको अन्स्क्रिन प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ।

भिडियोमा सहिमा श्रेष्ठ र प्रकाश बस्नेतको समेत अभिनय रहेको छ। नबराज उप्रेतीले छायाँकन गरेको यस भिडियोमा प्रविन भट्टको सम्पादन रहेको छ।

सुरेन्द्र बसेल सहाएक निर्देशक रहेको यस गीतको भिडियोलाई गम्भीर बिष्टको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो। भिडियो गायिका श्रेष्ठको युट्युव च्यानल ‘सहिमा श्रेष्ठ’ मार्फत सार्वजनिक भएको हो।

भिडियो लिंक: https://youtu.be/sBdy5qvsFLk?si=WRoV3egnqSGnyNI6