विचार/ब्लग

मेरो प्यारो सुन्दर सुदूरपश्चिम

बसन्ती धामी / नामले नै स्पष्ट हुन्छ सुदूरपश्चिमको बर्णन । प्राकृतिक सुन्दरताले भरिपूर्ण मेरो सुन्दर सुदूरपश्चिम । प्रकृतिले बरदान स्वरुप दिएका पहाड झरना खोला नदि, ताल, मुसुक्क हाँसिरहने ती हिमाल मनमोहक दृश्यले भरिपूर्ण सुन्दर भुमि हो मेरो सुदूरपश्चिम । पहाड जहाँ अझ जीवित नै छ हार्दिकता आत्मियता र अपनत्व । जहाँ वनावटी छैनन् हाँसो र सम्बन्धहरु । ९ जिल्ला रहेको मेरो सुदुरपश्भिममा आत्मियताको कुनै कमि छैन । आपसी सद्भावले भरिपुर्ण मेरो सुदुरपश्चिम साँचिक्कै स्वर्गको एक टुक्रा झैँ सुन्दर छ । प्राकृतिक स्रोतले भरिपूर्ण रहेको सुदूरपश्चिमले जोकोहीलाइ पनि सुन्दरतामा पक्कै पनि लठ्याउछ । दक्षिणको समथल तराइदेखि उत्तरका अग्ला पहाड र सेताम्य हिमालले कसको मन लोभ्याउदैन र । जति सुन्दर छ सुदूरपश्चिम तर त्यो सुन्दरताको खोजी र पचार-प्रसार भएको छैन । ९ जिल्ला रहेको सुदूपरपश्चिम प्रदेशमा प्रत्येक जिल्लामा नै विविधतायुक्त समाज र त्यो समाजमा भिन्न भिन्न भेषभूषा भेट्न सकिन्छ । प्राकृतिक सौन्दर्यताको जति नै बर्णन गरेर साध्य नै छैन ।
घाम उदाएदेखि नअस्ताउञ्जेल यहाँका प्रकृतिले बरदान स्वरुप दिएका छटाहरुको रुपै बेग्ल हुन्छ । यहाँको प्राकृतिक सौन्दर्यता आफैमा अलौकिक छ । विविधताले त्यसै मान्छेको मन खिचेको हुन्छ । कतै विभिन्न खोचहरु छिचोल्दै आफ्नै बेगवान गतिमा वग्ने नदी त कतै लहराउदा झर्ना । एउटै आकारमा शान्त वसिरहने ताल, तिनले पश्चिमको गौरब र गाथालाई उच्च राखेका छन् ।

तराइदेखि जति माथि गयो त्यहाँको हावापानी लवाइ-खवाई चाल-चलन सबै कुरामा बिविधता देख्न सकिन्छ ।
प्राकृतिक सुन्दरताले भरिएको हाम्रो देश सुदूरपश्चिमको बणर्न गरेर कहिल्यै थाकिँदैन ।

त्यसैमा सुदरपश्चिमको भौगोलिक अवस्था र विकासका पुर्वाधारमा पछाडी परेपनि यहाँको प्राकृतिक सौन्दर्यता अतुलनीय छ । यहाँ अवस्थित विभिन्न धार्मिक स्थलहरु जहाँ हजारौंको धार्मिक आस्था र विश्वास जोडिएको छ । पर्यटकीय सम्भावना प्रचुर छन् तर तिनको व्यवस्थित उत्खनन् र प्रचार-प्रसार हुन सकेको छैन । यहाँका हरिया डाँडा चिसो बतास र ढकमक्क फुलेका फुलहरुले यहाँ आउने जोकोहीको पनि मन लोभ्याउछ । कहीँकतै ठाडो उकालो कहीँकतै समतर पाटनका फाँटहरु, कही हरियाली घना जँगल, पहरा, घाम पानी चिसो सहदै यो ठाउँमा पुग्दा साच्चीँकै स्वर्ग पुगेको अनुभूती र आनन्द हुन्छ । अग्लो चुचुरोमा रहेको शिखरधाम मन्दिर वरपर को सुन्दरताले यहाँको शोभा बढाएको हुन्छ ।

नेपालको सुदुरपश्चिम प्रदेश प्राकृतिक सुन्दरताको अनुपम नमुना भएको प्रदश हो । सुदुरपश्चिमको विभिन्न प्रकारको भौगोलिक बनावट र हरियाली प्रकृतिले सबैलाई लाई लोभ्याएको छ । उत्तरमा चाँदीझैँ अपि, सैपाल जस्ता टल्कने हिमाल, कम्मरमा पटुकी बाँधेझै पहाडका वन जङ्गल तथा तन्ना फिंजाएझै समथर तराईले सुदूरपश्चिमको सुन्दरताको सङ्केत प्रदान गरेको छ । विभिन्न कलाकृतिले सजिएका मन्दिरहरू तथा विभिन्न नदीनाला, ताल तलैया, छाँगा, झरना आदिले सुदुरपश्चिमको प्रकृतिमा सुन्दरता थपेको छ । वातावरणका आफै सिर्जित तत्त्वहरूलाई प्रकृति भनिन्छ । मानव निर्मित सुन्दरता काल्पनिक हुन्छन् र प्राकृतिक बनावट रहस्यमय हुन्छ । आश्चर्यले भुतुक्कै हुने सुन्दरता सुदुरपश्चिमको प्रकृतिमा पाइन्छ । एउटा कुमालेले बनाएका भाँडाकुडाँझै सुन्दर सुदुरपश्चिम पनि कलात्मक तरिकाले निर्माण गरिएको हो कि भन्ने भान पर्न सक्छ । हिउँ नै हिउँले सधैं ढाकिरहने हिमालहरू उत्तरमा लाम लागेर बसेका छन् । होचा अग्ला हिमालहरूको ताँतीले जो कोही सौन्दर्यप्रेमी व्यक्तिलाई मोहित पार्न सक्दछ । सुदुरपश्चिमको धेरै क्षेत्रफल रहेको पहाडी भूभाग धेरै जसो हरियाली बोटबिरूवाले सजिएको छ । यसैमा विभिन्न तालहरू छन् । नदीनालाले यसमा शोभा बढाएको छ । धेरै बेगिएर बग्ने नदीहरूले थपेको संगीतमा प्रकृतिप्रेमीहरू गीत रच्दछन् । समथर जमिनका बीचबाट फिजिएर बगेका नदीहरूलाई सुन्दरतामा यति उति भनी नाप्न सकिन्न । विभिन्न प्रकारका चराचुरूङ्गी तथा पशुपंक्षीले सुन्दर सुदरपश्चिमको सौन्दर्यता बढाएका छन् । त्यसैगरी सुन्दरसुदुरपश्चिमलाई अलौकिक शक्तिपिठको मन्दिरै मन्दिरको प्रदेशका नामले चिनिने मुलुक हो । ती मन्दिरका कलाकृति र सांस्कृतिक सम्पदाको अवलोकन गर्न विश्वका पर्यटक धुरिन्छन् । यहाँको हावापानी न धेरै चिसो न धेरै तातो छ । यसले मानिसलाई प्राकृतिक सुन्दरताका बीचमा शीतलता प्रदान गरेको छ । देशको गरीमा बढाउने यस्ता ऐतिहासिक सांस्कृतिक/धार्मिक, भौगोलिक आदि स्थलहरू सुदुरपश्चिममा प्रशस्त छन् । प्राकृतिक सुन्दरता झल्काउने ठाउँहरू प्रशस्त भए तापनि सुदुरपश्चिमका त्यस्ता सबै महत्त्वका स्थललाई चिनाउन सकिएको छैन । सुन्दर सुदुरपश्चिमलाई पर्यटकीय स्थल बनाउने प्रयास अझ कम भइरहेको देखिन्छ । जति बढी पर्यटक नेपाल आउँछन् त्यति नै बढी परिचय विदेशमा हुने हुनाले त्यस्तो कुप्रवृत्ति अन्त्य गर्नु पर्दछ । सुदुरपश्चिमा सबैतिर यातायात, सञ्चार होटल आदिको राम्रो व्यवस्था गर्नु पर्ने देखिन्छ ।
छिन छिनमै लाग्ने घाम र बादलको घुम्टो हरिया पहाड र मनै हार्ने कौतुकमय सुन्दरता । जस्तोसुकै मान्छेलाई पनि बसिभूतमा पार्छ । मन र रहर न हो । तराइदेखि जति माथि गयो त्यहाँको हावापानी लवाइ-खवाई चाल-चलन सबै कुरामा बिविधता देख्न सकिन्छ । मेरो प्यारो सुन्दर सुदुरपश्चिम, राम्राे सुदूरपिश्चम, सबैकाे सुदूरपश्चम ।