राजनीति

राष्ट्रियसभा निर्वाचनमा कांग्रेसको १३ सिटमा दाबी, अरु दलको कति?

२१ पुस, काठमाडौं । आज सत्तारुढ गठबन्धन दलको बसेको छ । सत्तागठबन्धनका प्रमुख दलहरु नेपाल कांग्रेस, नेकपा माओबादी केन्द्र, एकिकृत समाजवादी, जनता समाजवादीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो ।

उक्त बैठकमा सत्तारुढ गठबन्धनले राष्टियसभा निर्वाचनमा हुने १९ सिटमा आफ्नो दलले पाउनुपर्ने सिट संख्या दाबी गरेका हुन् । कांग्रेस निकट एक नेताका अनुसार कांग्रेसले १३, नेकपा माओवादी केन्द्रले ७, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले ४–४ सिटमा दाबी गरेका छन् ।

माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि २३ पुसमा उम्मेदवारी मनोनयनको कार्यतालिका छ । बैठकमा सत्तारुढ गठबन्धनले आआफ्नो दाबी पेश गरेपनि अब फेरी दिउँसो ४ बजे चार दलको र ५ बजे सरकारमा सहभागी अन्य दलसहितको बैठक बस्दैछ ।

गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा आ आफ्नो सीट दाबी गरेपनि प्रमुख प्रतिपक्षि दल नेकपा एमालेलाई सीट दिनेबारे भने कुनै निर्णय गरेका छैनन् ।