शिक्षा

ब्यापक जनदबाबपछि त्रिभूवन बिश्वबिद्यालयले उपकुलपतिको विज्ञापन गर्यो रद्द, जनता सर्बैसर्बा

२२ पौस, काठमाडौं । मुलुककै जेठो त्रिभूवन बिश्वबिद्यालयले उपकुलपति छनौट प्रकृया रद्द गरेको छ ।
आज पत्रिकामा सूचना जारी गर्दै सार्बजनिक रुपमा गोरखापत्रमा गरेको यही २० गतेको आव्वानलाई पौस २१ गतेको निर्णयबाट रद्द भएको बताएको हो ।
त्रिभूवन बिश्वबिद्यालयले ५ नम्बर बुंदामा लेखिएको त्रिभूवन बिश्वबिद्यालयमा कम्मीमा ३ बर्षको अनुभव भन्नेलयगायतका बिषयमा ठूलै बिबाद भएपछि कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दहालले उक्त बुँदा सच्याउन निर्देशन दिएका थिए ।
सर्बसाधारणको बिरोधपछि सच्याउन बाध्य भएको त्रिविले सच्याएर पुनः सूचना जारी गर्ने सम्भावना रहेको छ । बाहिरका सक्षम मानिस हुँदाहुँदै भित्रका असक्षमलाई नियुक्ती दिन खोजेको आरोपमा ब्यापक बिरोध गरेका थिए ।