२२ पौष, काठमाडौँ । कौडिन्य गोत्रीय आचार्य बन्धु समाज सोलुखुम्बुले आचार्य बन्धु समाज नेपाललाई केन्द्रीय कार्यालय समर्थन गरेको छ ।
कौडिन्य गोत्रीय आचार्य समाज इटहरीले गठन गरेको समाजको सिङ्गो जिल्ला कार्यसमितिले माइन्युट गरी देशको केन्द्र काठमाडौँ भएकोले आचार्य समाजको केन्द्र पनि काठमाडौँलाई नै मान्ने गरी जिल्ला कार्यसमितिले निर्णय गरेको जिल्ला सदस्य यज्ञ आचार्यले बताए ।
इटहरी, पोखरालगायतका प्रदेशका सहरी क्षेत्रहरुमा सञ्चालनमा रहेका स्थानीय स्तरका आचार्य समाजहरूले आफूलाई केन्द्र भन्नु हास्यास्पद भएको जिल्ल कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको दाबी छ ।
१४ वर्षदेखि काठमाडौँमा नेपालका लागि चीनका पूर्व राजदूत राजेश्वर आचार्य संस्थापक रहेको आचार्य बन्धु समाज नेपालले देशभर ५० भन्दा बढी जिल्लामा जिल्ला कार्यसमिति र ७ मध्ये ५ वटामा गठन भइसकेको अवस्था भएको केन्द्रीय सदस्य एवम् प्रवक्ता रामहरि आचार्य बताए ।
सोलुखुम्बु कार्यसमितिले जोडेको दुई रोपनीको हाराहारीको जग्गा इटहरीमा दर्ता गरेकोमा असहमति जनाउँदै सोलुखुम्बुको नाममा ल्याउन पहल गरिदिन समेत केन्द्रीय कार्यसमितिलाई आग्रह गरेका छन् ।

