समाचार

महन्थ र चित्रबहादुरसहित गठबन्धन दलले मागे राष्ट्रिय सभामा सार्बजनिक रुपमा मत

२९ पौस, काठमाडौं । सत्ता गठबन्धनका शीष नेताहरुले राष्ट्रिय सभामा आफ्ना उम्मेद्वारहरुलाई मत दिन आह्वान गरेका छन् ।
आज बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरु शेरबहादुर देउवा, पुष्प कमल दहाल, माधव कुमार नेपाल, उपेन्द्र यादव, रञ्जीता श्रेष्ठको बालुवाटारको बैठकले उक्त आह्वान गरेको हो ।
लोसपाका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीकोसमेत हस्तारमा गठबन्धनको माघ ११ गते हुने राष्ट्रिय सभा उम्मेद्वारलाई मतदान गर्न आह्वान गरिएको हो ।
नेकपा एमालेले सबै पदमा उम्मेद्वारी दिएको भएपनि प्रमुख प्रतिपक्षी दलको हैशियतले केही भागबण्डा लगाउने सहमती भएको समाचार आईरहेका छन् ।