समाचार

पालिकाबाटै राहदानी सेवा

४ माघ, सिरहा । सिरहाको मिर्चैया नगरपालिकाले बुधबारदेखि स्थानीयस्तरबाटै राहदानी ९पासपोर्ट० वितरण सेवा सुरु गरेको छ । नगरप्रमुख श्रवणकुमार यादवले मिर्चैया–६ की शर्मिलाकुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवा सुरु गरेका हुन् ।

“अब पालिकावासी राहदानीका लागि सदरमुकाम सिरहास्थित जिल्ला प्रशासन कार्यालय पटक–पटक धाउनुपर्ने बाध्यता हटेको छ”, नगरप्रमुख यादवले भने, “आगामी दिनमा यसलाई अझै प्रभावकारी र चुस्त बनाउने छौँ ।” 

उनका अनुसार बायोमेट्रिकबाहेक आवेदन लगायतका सम्पूर्ण काम पालिकाबाटै हुने भएको छ । स्थानीयस्तर बाट राहदानी पाउने भएपछि स्थानीय खुसी भएका छन् ।