प्रदेश 1

बन्नेभयो ५ तल्ले दुहबी सपिङ्ग कम्प्लेक्स, नगर-बिकाश कोषका प्रतिनिधीले गरे स्थलगत अनुगमन

५ माघ, दुहबी । दुहबी नगरपालिका ले बजार क्षेत्रमा खाली गरेको प्लटमा अन्डरग्राउन्ड पार्किङ्ग सहितको ५ तल्ले सपिङ्ग कम्प्लेस निर्माण गर्ने तयारी गरेको छ। आज दुहबी नगर्पालीका प्रमुख बेद गच्छादार, प्रमुख प्रशासकीय अधिकृत रजकुमार केसी, वडाअध्यक्ष हरु, इन्जिनियर टिम , नगर बिकाश कोषका प्रमुख राजेश कुमार ओधीभोचा सहितले संयुक्त रुपमा स्तलगत अनुगमन गरेका थिए ।

तत्कालिन समयमा गरेको अनुमानित बजेट २८करोड ५६ लाख मा (पछिल्लो समयमा संसोधन हुनेगरि) बन्ने सुबिधाजनक ब्यापारिक भवन को लगानी दुहबी नगरपालीका र नगर बिकाश कोषले संयुक्त रुपमा लगानी गर्ने भएको छ ।
अन्डरग्राउण्ड मा पार्किङ्ग, ग्राउन्ड फ्लोर मा ब्यापारिक सर्टर र २ वटा सभाहल , सार्वजनिक सौचालय बन्ने छ भने, पहिलो र दोश्रो तल्लामा पनि ब्यापारिक सटर हरु र चौथो र पाचौ तल्लामा कन्फेरेन्स हल, सर्टर र सिनेमा हल सहितको भवनको नक्सा सार्बजिक गरिएको थियो । आवस्यक्ता अनुसार बिभिन्न तल्लामा थप सुधार गर्दै स्थानिय आवस्यकता अनुसार थपघट गर्न सकिने छ ।
२०८० बैषाख ५ गते उक्त जग्गा नगरपालीकाले खाली गरेको थियो । ब्यावसायिक भवनको जम्मा क्षेत्रफल १७५०० स्क्वाएर मिटर रहने छ, बेस मेन्ट पार्किङ १६९० इस्क्वाएर मिटर रहेको छ्। नगर बिकाश कोषका पदाधिकारी हरुलाइ नगर प्रमुख बेद गच्छादारले तत्काल ठेक्का निकाल्न अनुरोध गरेका थिए । उक्त सटरहरु बैँक तथा बित्तिय सस्था लगायत नगरबासि कै हितका लागि निस्चित मापदन्ड अनुरुप उपयोग गर्न दिइने उनले जनाएका छन्।