६ माघ, काठमाडौं । धरानका राजनीतिक दलका प्रतिनिधि मण्डलले विपी कोईराला स्वास्थय विज्ञान प्रतिष्ठानका शिक्षक कर्मचारीको पदोन्नति र वृति–विकास तथा प्रतिष्ठानका सबै समस्याहरुको स्थायी समाधान सम्बन्धमा पुर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत, मुख्यसचिव बैकुण्ठ अर्याल, लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी, सदस्य वीरबहादुर राई, सचिव रामकुमार श्रेष्ठ, प्रतिष्ठानका उपकुलपति डा. प्रल्हाद कार्की, शिक्षाध्यक्ष डा. संजिवकुमार शर्मा, रजिष्ट्रार डा. सुर्य संग्रौला, अस्पताल निर्देशक डा. जगत नारायण प्रसाद लगायतसँग भेटघाट, छलफल र संवाद गरेको छ ।
भेटघाट, छलफल र संवाद पछि शिक्षक कर्मचारीको पदोन्नति प्रकृयामा देखिएको विधमान समस्यालाई समाधान गरी कानुनसम्मत ढंगले संवोधन गर्न तत्काल प्रतिष्ठानको कार्यकारीणी समितिको बैठक बस्ने र लगत्तै २१ दिनभित्र र संचालक परिषद(सिनेट) को बैठक बस्ने र सिनेट बैठक लगत्तै केही दिनभित्रै बढुवा सम्बन्धि अन्तर्वार्ता पुनः सुचारु गर्ने निष्कर्ष भएको छ ।
साथै प्रतिनिधि मण्डलले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र शिक्षा मन्त्री अशोक राईसँग समेत भेटघाट गरेको छ ।
गृहमन्त्रीसँग जिल्ला ट्राफिक कार्यालय सुनसरीको भवनका लागि धरानका जग्गा उपलब्ध गराउने सम्बन्धमा र शिक्षा मन्त्रीसँग वी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमवीवीएस शैक्षिक कोटा थप ५० वृद्वि गर्न चिकित्शा शिक्षा विधेयक संशोधन गर्ने सम्बन्धमा सकरात्मक छलफल भएको छ ।


