सामाजिक सञ्जाल

त्रिभूवन विश्वबिद्यालयमा अयोग्य/दलका झोला बोक्नेको हालिमुहाली चल्यो, गुणस्तर खस्कियोः डा आचार्य

१० माघ, काठमाडौं । पूर्वाधारबिद डा सुर्यराज आचार्यले सुधार चुनौतीपूर्ण छ भनेका छन् । डा आचार्यले त्रिभूवन बिश्वबिद्यालयमा ०४६ साल पछि त्रिविमा दलहरूको राजनीति घुसेको दाबी गर्दै प्राज्ञिक साख र व्यवस्थापकीय पद्धति खस्किंदै गएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै या त बाहिरिए या किनारामा धकेलिए। केहि अपवाद होलान, तर मूलत अयोग्य र दलका झोला बोक्नेको हालिमुहाली त्रिविमा चल्यो र प्राज्ञिक निष्ठारक्षमताका मान्छे टिक्ने अवस्था भएन भन्ने दाब्ी गरेका छन् ।
त्रिभूवन बिश्वबिद्यालयले उपकुलपतिका लागि आबेदन खुलाएकेमा ४३ जनाको आवेदन परेको समयमा डा आचार्यको प्रतिकृया आएको हो । त्रिभूवन बिश्वबिद्यालयको उपकुलपतिमा पुर्व प्रधनमन्त्री डा बाबुराम भट्टराईको नामकोसमेत चर्चा भएको थियो ।

उनको ट्वीटः

०४६ साल पछि त्रिविमा दलहरूको राजनीति घुस्यो। प्राज्ञिक साख र व्यवस्थापकीय पद्धति खस्किंदै गयो। प्राज्ञिक निष्ठारक्षमताका मान्छे टिक्ने अवस्था भएन। या त बाहिरिए या किनारामा धकेलिए। केहि अपवाद होलान, तर मूलत अयोग्य र दलका झोला बोक्नेको हालिमुहाली त्रिविमा चल्यो।
सुधार चुनौतीपूर्ण छ !