समाचार

आचार्य समाज मधेश प्रदेश: अध्यक्षमा लिलामणि, उपाध्यक्ष र महासचिवमा बषन्तकुमार र सन्तोषसहित यस्तो बन्यो पुरा समिति

१४ माघ, काठमाडौं । आचार्य बन्धु समाज नेपाल मधेश भेलाबाट अधिवेशनबाट अध्यक्षमा लिलामणि आचार्य निर्बाचित भएका छन् उपाध्यक्षमा बसन्तकुमार आचार्य, सचिवमा सन्तोष आचार्य, सहसचिव तारानाथ आचार्य, कोषाध्यक्ष खड्प्रसाद आचार्य, सदस्यहरुमा रमेश प्रसाद आचार्य, रमेश आचार्य, उत्तम कुमार आचार्य, प्रदीप आचार्य, प्रकाशचन्द्र आचार्य, सुनिता आचार्य, नर्बदा आचार्य, जीवन आचार्य निर्बाचित भएका छन् ।

कौण्डिन्य महामाजका केन्द्रीय उपाध्यक्ष एबम् आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष नारायन न्यौपानेलगायत बिशिष्ट ब्यक्तीहरुको उपस्थिति रहेको थियो मधेश प्रदेशका ८ जिल्लाका उल्लेख्य कँैण्डिन्य गोत्रीय आचार्यहरुको उपस्थिति थियो । ।
मधेश प्रदेशको बर्दिबासको उद्योग बाणिज्य महासँघको हलमा सम्पन्न प्रथम अधिवेशन संबिधान सभाका सभासद शोभाकर पराजुली, पराजुली समाज नेपालका केन्द्रीय अध्यक्ष बिश्वम्भरकृष्ण पराजुली, महासचिव जयराम पराजुलीलगयातको बिशिष्ट आतिथ्यता रहेको थियो ।
१३ गते शनिबार भएको मधेश अधिवेशनपश्चात आचार्य समाजका सातै प्रदेश अधिवेन सम्पन्न गर्ने कार्यक्रमअन्तर्गत मधेश प्रदेश गठन गरिएको महासचिव शुभन राज आचार्यले जानकारी दिए ।

आचार्य बन्धु समाज नेपाल बर्दिबासस्थीत मधेश अधिवेशनपश्चात केन्द्रीय अध्यक्ष बाबुराम आचार्यर नवनिर्बाचित मधेश अध्यक्ष लिलामणि आचार्य