बाग्मती

शौर्य सिमेन्ट र स्काई होल्डिङ्ग बिजनेस ग्रुप पब्लिक बिच कन्ट्रयाक्टर मिट सम्पन्न

१८ माघ, कठमाडौँ । शौर्य सिमेन्ट ई. लिमिटेड एवम् स्काई होल्डिङ्ग बिजनेस ग्रुप पब्लिक लिमिटेडको संयुक्त आयोजनामा कन्ट्रयाक्टर मिट सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा शौर्य सिमेन्टको प्रयोग, प्रविधि, गुणस्तर, उत्पादन क्रममा गरिने परिक्षण प्रविधि, वातावरण मैत्री प्राविधिक जानकारी एवम् शौर्य सिमेन्टद्वारा आयोजित विभिन्न सामाजिक व्यवसायिक उत्तरदायित्वका कार्यहरुको जानकारी गरिएको थियो ।

कम्पनीका क्षेत्रीय बिक्री प्रबन्धक रोशन बहादुर कडायत द्वारा भक्तपुरका बासिन्दाहरुलाई सुपथ मूल्यका साथै सहज रुपमा सिमेन्टको उपलब्धता सुनिश्चित गर्न स्काई ग्रुप सँग साझेदारी गरिएको जानकारी कार्यक्रम मार्फत दिइएको थियो । कार्यक्रममा देशमा आर्थिक संकटको कारणले सबै निर्माण व्यवसायीहरू असहज अवस्थामा रहेको र उत्पादक कम्पनीहरुद्वारा सहजीकरणको अपेक्षा रहेको कुरा निर्माण व्यवसायीद्वारा राखिएको थियो ।

शौर्य सिमेन्ट ईन्डष्ट्रिज लिमिटेड सिराहा जिल्लाको मिर्चैयामा अवस्थित शौर्य सिमेन्टको उत्पादन क्षमता ४ हजार ५ सय मेट्रिक टन रहेको छ र दैनिक रुपमा ८० हजार बोरा सिमेन्ट उत्पादन गर्दछ । यो नेपालकै उत्कृष्ट र सबैभन्दा ठूलो सिमेन्ट उत्पादक मध्ये एक रहेको छ ।

कम्पनीद्वारा ४३/५३ ग्रेड ओ. पि. सि., पि. पि. सि. सिमेन्ट उत्पादन र बिक्री वितरण गर्दै आएको छ । कार्यक्रममा भक्तपुरमा निर्माण हुने भौतिक संरचनामा निर्माण सामाग्रीको छनौट, बिक्री वितरण, प्रविधि मैत्री निर्माण सामाग्रीलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड गरिएको थियो ।