समाचार

आचार्य समाज ललितपुरको सभापतिमा अधिवक्ता गणेश आचार्य, एकमहिनाभित्र अधिवेशन गर्ने प्रतिबद्धता

१८ कात्तिक, जावलाखेल । आचार्य बन्धु समाज नेपाल ललितपुर जिल्ला सभापतिमा अधिवक्ता गणेश आचार्य चयन भएका छन् ।

जिम्मेवारी पाएपछि ललितपुर सभापति गणेश आचार्य (९८५१२६०७७६)ले आचार्य बन्धु समाज नेपालले बिश्वभरका कौडिन्य गोत्रीय आचार्यहरुलाई जोड्न गरेको प्रयासलाई ललितपुर जिल्लाको पूर्ण साथ रहने भन्दै आफूले पाएको जिम्मेवारी जिउज्यान दिएर लागि पर्ने बताए ।

ललितपुरको सातदोबाटोस्थीत एक रेष्टुरेण्टमा समाजसेवी पुरुसोत्तम आचार्य, केन्द्रीय अध्यक्ष बाबुराम आचार्य, महासचिव शुभनराज आचार्य, केन्द्रीय सदस्य एबम् प्रवक्ता रामहरी आचार्य, केन्द्रीय सदस्य भूमिराज आचार्य, बागमती प्रदेशका महासचिव लक्ष्मण आचार्यले संयुक्त रुपमा ललितपुर जिल्ला सभापतिको जिम्मेवारी गणेश आचार्यलाई दिएका हुन् ।

महासचिव शुभनराज आचार्यले ललितपुरका आचार्य बन्धुहरुको समाजप्रतिको माया देखेर आफुलाई खुशी लागेको भन्दै कुनैपनि कार्यक्रममा ललितपुरले निम्ता गरेमा आफु जुनसुकैबेला पनि उपस्थित हुन तयार रहेको भन्दै सभापतिलाई एकमहिनाभित्र कौडिन्य गोत्रीय आचार्यहरुको अधिवेशन गर्न निर्देशनसमेत दिए ।

उक्त जिम्मेवारी वितरण कार्यक्रममा बागमती प्रदेशका महासचिव लक्ष्मण आचार्यले समाजले काठमाडौं र भक्तपुरलगायत बागमतीका अधिकाँस जिल्लामा समाज गठन गरिसकेको भए पनि ललितपुरमा ढिलो भएपनि बागमतीको उदाहरणीय समाजको रुपमा देख्न पाईनेमा आफू ढुक्क भएको बताए ।
समाजसेवी पुरुसोत्तम आचार्यले देशमा भएका अरु समाजहरु भन्दा आचार्य समाज फरक र सबैभन्दा राम्रो समाजसेवी संस्था हुनुपर्ने आफ्नो विचार रहेको भन्दै आफुले सक्ने सबै प्रकारका सहयोग र समन्वय गरेर अगाडी बढ्न तयार रहेको बताए ।
ललितपुरमा भएको उक्त जिम्मेवारी बितरण कार्यक्रमपछि समाजले राजनीतिकरण नगरी, आर्थिक पारदर्शीता गरी बंशावली निर्माण गर्न र आवश्यक समाज सेवा गर्नलगायतका उद्येश्य राखी आचार्य बन्धु समाजले बिश्वभरका कौडिन्य गोत्रीय आचार्यहरुलाई एकतामा बाध्ने प्रयास स्वरुप आफुहरु ललितपुर आएको केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले बताए ।
केन्द्रीय अध्यक्ष देशभर पाँच प्रदेश र झण्डै चार दर्जन जिल्लामा समाज गठन भईसकेको भन्दै बाँकी जिल्ला र प्रदेशमा पनि निकट भबिश्यमा गठन गरिने जानकारी दिए ।

आचार्य समाज मधेश प्रदेश: अध्यक्षमा लिलामणि, उपाध्यक्ष र महासचिवमा बषन्तकुमार र सन्तोषसहित यस्तो बन्यो पुरा समिति

जुत्तामा आचार्य लेख्ने कम्पनीलाई हदैसम्मको कारबाही माग गर्दै आचार्य समाजले दियो सिआईबीमा निबेदन