समाचार

गोठमा आगलागी हुदाँ अछाममा २ बालबालिकाको मृत्यु

२४ माघ, अछाम । अछाम जिल्लाको मेल्लेख गाउँस्थित एउटा गोठमा खेलिरहेका दुई जना बालबालिकाको आगलागीमा परी मृत्यु भएको छ ।

आज बुधबार साँझ जिल्लाको मेल्लेख गाउँपालिका–३ ठाटी दर्बा निवासी जयबहादुर बुढा र झङ्करे बुढाको खरले छाएको गोठमा आगलागी हुँदा ६ वर्षीया निरुता बुढा र ३ वर्षीय अङ्कित बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी सन्तोष पाठकले जानकारी दिए । दुवै बालबालिकाको जलेको शव गोठबाट निकालिएको उनले बताए