प्रदेश 1

खरदारलाई हेपेको भनेर कर्मचारीले गरे कोशीका मुख्यमन्त्री केदार कार्कीको बिरोध

२१ माघ, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफु लास्ट बेन्चर भए पनि मुख्यमन्त्री भएको तर आफ्ना कतिपय साथीहरु अगाडी बस्ने भएपनि खरदारमात्र हुन सकेको भनेको बिषयमा कर्मचारी संगठनले उक्त कुरा फिर्ता लिन माग गर्दै बिरोध जनाएका छन् ।
बुधबार एक कार्यक्रमममा बोल्दै मुख्यमन्त्री कार्कीले ‘कक्षा कोठामा लिने ज्ञान विविध हुन्छन्, ज्ञान केवल सर्टिफिकेटमा मात्रै हुँदैन, सर्टिफिकेटमा दिएको अंकले ज्ञानको मापन हुँदैन ।’ भनेका थिए ।
मुख्यमन्त्री कार्कीले दिएको अभिब्यक्तीले पुरै कर्मचारी अपमानित हुनुपरेको कर्मचारी संगठन मोरङले विज्ञप्ती निकालेर जनाएको छ । मुख्यमन्त्री कार्कीले चाणक्यलाई जोडेरसमेत बिद्यालयमा हुने पढाई र पढाउने तरीकाका बिषयमा बोलेका थिए ।
खरदारलाई हेपेको भनेर कर्मचारीले कोशीका मुख्यमन्त्री केदार कार्कीको बिरोध गरेका छन् ।