सुदूरपश्चिम

कञ्चनपुरमा बञ्चरो प्रहार बाट एक जना घाइते

कञ्चनपुरमा बञ्चरो प्रहार बाट एक जना घाइते भएका छन् ।

शनिवार राति जिल्लाको कृष्णपुर नगरपालिका–९ मा आफ्नै मामाको छोरालाई बञ्चरो हानेर रुद्रे भुल फरार भएका हुन् ।

कञ्चनपुर प्रहीका अनुसार जोरायल टोलमा आफ्नै मामाको छोरा डम्मरे भुललाई बञ्चरो प्रहार गरेर रुद्रे भुल फरार भएको बताएको छ । बञ्चरो प्रहार गर्ने भुलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेको अवस्था गम्भीर रहेको र उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीरबहादुर बुडाऐरले बताए ।