स्वास्थ्य

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा.जोशी नियुक्त

७ फागुन, काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा. प्रमोद जोशी नियुक्त भएका छन् । हिजो आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. जोशीलाई ४ वर्षका लागि परिषदको सदस्य सचिवमा नियुक्त गरेको हो ।

उनी यसअघि गेटा मेडिकल कलेजका निमित्त निर्देशका साथै राष्ट्रिय ट्रमा सेन्टरका निमित्त मेडिकल सुपरिटेण्डेन्ट रहेका थिए । डा. जोशी नेपाल मेडिकल एसोसिएसनका कोषाध्यक्षसमेत हुन् ।

२६ माघमा निवर्तमान सदस्य सचिव डा. प्रदीप ज्ञवालीको ४ वर्षे कार्यकाल सकिएसँगै परिषदको सदस्य सचिवको पद खाली रहेको थियो ।