बैंकिङ

गरिमा क्यापिटलमा निःशुल्क मेरोशेयर र डिम्याट खाता खोल्न सकिने

१० फागुन, काठमाडौँ गरिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकहरुको “सित्तैमा” डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना ल्याएकोे छ । यस योजना अन्तर्गत सम्पूर्ण प्राकृतिक नेपाली नागरिकहरूले २०८१ साल आषाढ मसान्त सम्म “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने गरिमा क्यापिटले बताएको छ ।

ग्राहकवर्गहरुले यो सुविधा कमलपोखरी, काठमाडौँ स्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटड, रिलायन्स फाइनान्स लिमिटेडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरुमा र गरिमा क्यापिटल लिमिटेडको वेवसाईट समेत खाता खोल्न सकिने छ ।