बैंकिङ

आरविवि मर्चेन्ट बैंकिङ्गद्धारा सचेतनामूलक कार्यक्र सम्पन्न

१२ चैत, काठमाडौँ । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडद्धारा वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । चैत्र ५ गते देखि ११ गते सम्म देशभरी विभिन्न कार्यक्रम आयोजना गरी मनाईएको उक्त कार्यक्रम मनाएको हो ।

आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले ९ चैतमा श्री नुवाकोट आदर्श बहुमुखि क्याम्पस, बिदुर ४, बट्टार मा स्नातक तथा स्नातकोत्तर तहमा अध्यनरत विधार्थीहरु तथा शिक्षक/ शिक्षिकाहरुको लागि वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरि सफलतापूर्वक सम्पन्न गरेको ।

उक्त सचेतनामूलक कार्यक्रममा नुवाकोट आदर्श बहुमुखि क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठ, क्याम्पस प्रमुख नारायण मान डंगोल तथा अध्यनरत विधार्थीहरु र शिक्षक/ शिक्षिकाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल, प्रबन्धक अजय घिमिरे र बरिष्ठ अधिकृत सृजना बाँस्कोटाले कार्यक्रम संचालन गरेका थिए । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड विदुर शाखा प्रमुख रिमा श्रेष्ठ तथा शाखाका कर्मचारी सन्तोष बोगटीको समेत उपस्थिती रहेको थियो

आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत् प्रतीशत लगानीमा स्थापित संस्था हो ।