बैंकिङ

एनआईसी एशिया बैंकद्वारा बीमा रकम भुक्तानी

१२ चैत, काठामडैँ । एनआईसी एशिया बैंकले बीमा रकम भुक्तानी गरेको छ । बचत खाता योजना अन्तर्गत १८ आषाढ देखि १४ फाल्गुण सम्ममा घातक रोगको बीमा वापत ७ जना र दुर्घटनामा परेका ५ जना गरी कुल १२ जना खातावालाहरूलाई प्रतिव्यक्ति १० लाखको दरले जम्मा १ करोड २० लाख बीमा रकम भुक्तानी गरेको हो ।

बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका निज ग्राहकहरू तथा परिवार सदस्यलाई बीमा कम्पनीहरुले प्रदान गरेको उक्त रकम बराबरको चेक बैंकले हस्तान्तरण गरेको हो ।

बैंकको बीमा सहितको निक्षेप योजनाहरूअन्तर्गत हालसम्म ६ हजार ३ सय ६१ भन्दा बढीलाई १४ करोड ३८ लाख रुपैैंयाभन्दा बढी बीमा दाबी रकम हस्तान्तरण गरिसकेको छ ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३ सय ६० शाखा कार्यालयहरू, ६ सय ७० एटिएम, १ सय १६ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।