बैंकिङ

गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय नियुक्त

१५ चैत, काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको मिति हिजो बसेको सञ्चालक समितिको ३०४औं बैठकले बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत माधव प्रसाद उपाध्याय भएका छन् । उनी आउदो बैशाख १ गतेबाट लागु हुने गरि ४ वर्षकोे लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

यवस्थापनमा स्नातकोत्तर गरेका माधव प्रसाद उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापना कालदेखि कार्यरत रहेका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । उनी बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापन/प्राध्यापन पेशामा संलग्न थिए ।

गरिमा विकास बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्द प्रसाद ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा समाप्त हुने भएसंगै २०८१ बैशाख १ गतेदेखि रिक्त हुने प्रमुख कार्यकारी अधिकृत पदमा नायब प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायलाई सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले विकास बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई मिति आज बाट लागू हुने गरी विकास बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा ATM मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।